श्रीमानको हत्या आरोपमा इनरवतीदेवी पक्राउ

काठमाडाैं | जेठ २५, २०७९

श्रीमानको हत्या आरोपमा इनरवतीदेवी पक्राउ

श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो.नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् ।

 

इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको शव शम्भुनाथ नगरपालिका–१ स्थित खाँडो खोला नजिक रहेको सार्वजनिक पोखरीमा असोज ९ गते फेला परेको थियो । मृतकका छोरा जितेन्द्रले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

 

घटना लगत्तै शङ्का लागेर पक्राउ परेकी इनरवतीविरुद्ध ठोस प्रमाणको अभावमा प्रहरीले तत्काल छाडेको थियो । “मोबाइल फोनको कल डिटेल्स (सिडिआर) रिपोर्टका आधारमा इनरवतीलाई घटनालगत्तै प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएर बयान लिएको थियो”, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले भन्नुभयो, “ठोस प्रमाण विना हत्या घटनाका सहयोगीविरुद्ध अभियोजन दायर गर्दा मुख्य अभियुक्तसमेत सजिलै छुट्ने अवस्था हुन्थ्यो, तसर्थ मुख्य अभियुक्त पक्राउ गरेपछि तत्काल छाडिएकी महतोकी श्रीमतीलाई पुनःपक्राउ गरेका हाैं ।”

 

गाँजाकै सङ्गतले महतो र मियाँको मित्रता बढेको थियो । मियाँ जनतान्त्रिक तराई मुक्ती मोर्चा गोईत समूहमा आबद्ध थिए । विभिन्न निर्माण कम्पनीका ठेकेदार तथा धनाढ्य व्यक्तिलाई फोन गरी धम्काई चन्दा असुली गर्ने कार्यमा मियाँ सरिक रहेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

 

बिष्णुपुर–७ बाट एक थान पेस्तोल र गोईत समुहको मोर्चाको पर्चा पम्प्लेटसहित मियाँ पक्राउ परेर छुटेका थिए । लुकिछिपी मोर्चाको भूमिगत गतिविधि गर्न मियाँले महतोको घरलाई आश्रयस्थलका रूपमा प्रयोग गर्थे ।

 

सोही क्रममा महतोकी श्रीमतीसँग मियाँको चिनजान भएको थियो । महतो भोज भतेरमा खाना बनाउने काम गर्थे । घटनाका दिन बिहान महतोलाई खाना बनाउन मियाँ र डाक्नेश्वरी नगरपालिका–७ ब्रह्मपुरका रोशन साहले घरबाटै बोलाएर लगेका थिए । निर्वाचनको मुखमा भारतबाट नेपाल प्रवेश गरेको सूचना पाएपछि मियाँ गत वैशाख २३ गते पक्राउ परेका थिए ।

 

इनरवती एक महिनापछि गाउँबाटै पक्राउ परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक काफ्लेले बताउनुभयो ।

पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् ।   शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...

थप पढ्नुहोस्

कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।   राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...

थप पढ्नुहोस्

पोखरा ।   नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ ।    चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

थप पढ्नुहोस्